झापामा हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : ४७


झापा । झापामा हात्तीको आक्रमणबाट एक वृद्ध ज्यान गएको छ। हात्तिको आक्रमणबाट सोमबार दिउँसो पौने ४ बजे मेचिनगर नगरपालिका-९ पशुपति टोल बस्ने ७० वर्षीय पेना किसानको आक्रमणबाट मृत्यु भएको हो ।

टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनमा पुगेका किसान बगरमा हिँडिरहेको अवस्थामा हात्तिको आक्रमणमा परेका थिए।

आक्रमणबाट घाइते भएका उनको उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारकै क्रममा ज्यान गएको हो।


प्रतिक्रिया दिनुहोस्