मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ: प्रधानमन्त्री देउवा

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ४६


प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतमबुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्दत पुगेको बताएका छन्।

२५६६ औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको विगतको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर लगायतका भ्रमणले दुवै देशका जनता बीचको साँस्कृतिक समबन्ध थप बलियो भएको बताए।

मोदीको भ्रमणले दुई देशबीच ऐतिहासिक कालदेखिनै सामाजिक धार्मिक, साँस्कृतिक र परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाएको बताए।

गौतमबुद्धको दर्शनले दुवै देशका नागरिकलाई प्रभावित पारेको बताउँदै संस्कृतिक सम्बन्ध पनि थप बलियो बनेको बताए।


प्रतिक्रिया दिनुहोस्