अमेरिकाको चर्चमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जनाको मृत्यु, चार गम्भीर घाइते

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : ०४


न्युयोर्क। लस एन्जलस नजिकैको एउटा चर्चमाभएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने चार जना ‘गम्भीर’ घाइते भएका छन्।

न्युयोर्कको एउटा सुपर मार्केटमा भएको बन्दुक हमलाको भोलीपल्ट चर्चमा आक्रमण भएको हो। सो आक्रमणमा १० जना मारिएका थिए।

‘चर्च हमलामा चार जना गम्भीर घाइते भएका छन्’, ओरेन्ज काउन्टी सेरिफ विभागले भनेको छ। घाइते एक जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ। घाइतेहरू सबै जना वयस्क भएको प्राप्त विवरणहरूमा जनाइएको छ।

आक्रमणमा संलग्न रहेको आशंकामा एक शंकास्पद पक्राउ परेका छन्। त्यस्तै, घटना स्थलमा प्रयोग भएको अनुमान गरिएको एउटा बन्दुकसमेत फेला परेको छ।


प्रतिक्रिया दिनुहोस्