मस्को। रुसले सोमबार चेतावनी दिदै फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णयहरू गम्भीर गल्ती हुने बताएको छ।
‘यो अर्को गम्भीर गल्ती हो जसको दूरगामी परिणामहरू छन्’ उप विदेशमन्त्री सर्गेई र्याबकोभले भनेका छन्।
रुसले युक्रेनमा आक्रमण थालेको ३ महिना पुरा हुन लागेको समयमा फिनल्यान्ड र स्वीडेन नेटोमा आवद्ध हुन चाहिरहेका छन्। रासस