बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेसका हरी र उपाध्यक्षमा एमालेका धाना

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ३ : ११


बैतडी । बैतडीको सिगास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरी सिंह धामी विजयी भएका छन्।

उनले नेकपा एमालेका जसबीर सिंह बोहरालाई पराजित गर्दै विजयी भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि यी दुईबीचको प्रतिस्प्रधामा धामी विजयी भएका थिए।

निर्वाचन जित्दै गर्दा धामीले ३४४९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जसबिर बोहराले १८०० मत ल्याएका छन्।

गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी धाना धामी विजयी भएकी छन्। धामीले २९३९ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सुमित्रा ऐरले २६९६ मत प्राप्त गरेकी छन्।

सिगास गाउँपालिकाको वडा न.१ मा कांग्रेसका रामचन्द्र ऐरी, २ मा एमालेका ठकेन्द्र ऐरी, ३ मा कांग्रेसका अमरसिंह धामी, ४ मा काग्रेसका हरिसिंह बोहरा ५मा एमालेका राजेन्द्र चन्द, ६ मा कांग्रेसका तेज बहादुर बोहरा, ७ मा कांग्रेसका कृष्ण कुमार साउद, ८ मा एमालेका केशव बहादुर बोहरा विजयी भएकाछन्। वडा न.९ मा कांग्रेसका कृष्ण सिंह धामी विजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस्