काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । मतगणनाअनुसार एमालेका केशव स्थापितको भन्दा तीन हजार ३४३ मत बढी ल्याएर साहले अग्रता कायम राखेका छन् ।
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् ।
राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । आयोगका अनुसार साहले ७ हजार ८९, स्थापितले तीन हजार ७४६, कांग्रेसकी सिर्जना सिंहले तीन हजार ३०० ल्याएकी छन् ।