चन्द्रमाको माटोमा बोटबिरुवा उमार्न वैज्ञानिकहरु पहिलोपटक सफल!

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १ : ०४


न्युयोर्क। वैज्ञानिकहरूले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारेका छन्।

यस विषयलाई चन्द्रमामा लामो समयसम्म बस्न सम्भव बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

अन्वेषकहरूले सन् १९६९ देखि सन् १९७२ मा एपोलो मिसननमा संकलन गरिएको धुलोको सानो नमूना एक प्रकारको बनस्पति उमारेका थिए।

धेरै अचम्मको विषय दुई दिनपछि बीउ अंकुरित भएको थियो। ‘म तपाईलाई बताउन सक्दिन कि हामी कति अचम्मित थियौं’, फ्लोरिडा विश्वविद्यालयकी प्राध्यापक अन्ना–लिसा पलले भने।

उनकाअनुसार चन्द्रमाबाट संकलित माटो र सामान्य माटोमा उमारिएका बिरुवाहरू झन्डै ६ दिनसम्म उस्तै देखिए। तर, ६ दिनपछि भने केही भिन्नता देखिएको थियो। त्यसपछि चन्द्रमाको माटोमा हुर्केका बिरुवाहरूले तनाव देखाउन थाले, ढिलो विकसित भए र साना देखिए।

तर, अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले यसलाई ठूलो उपलब्धि भनेका छन्। ‘यो अनुसन्धान नासाको दीर्घकालीन मानव अन्वेषण लक्ष्यहरूको लागि महत्वपूर्ण छ किनकि हामीले चन्द्रमा र मंगल ग्रहमा पाइने स्रोतहरू प्रयोग गरी भविष्यमा अन्तरिक्षमा बस्ने र काम गर्ने अन्तरिक्ष यात्रीहरूका लागि खाद्य स्रोतहरू विकास गर्न आवश्यक छ’, नासा प्रमुख बिल नेल्सनले भने।

अनुसन्धानकर्ताहरूको लागि यो एउटा चुनौती पनि हो। किनकी थप प्रयोगका लागि चन्द्रमाको माटो पर्याप्त छैन्।


प्रतिक्रिया दिनुहोस्