उदयपुर । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुग्यो ।
भारतको सिक्किमबाट नेपाल आउँदै गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको जीप बिहिबार बिहान ७ः३० बजे दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनका साथै ४ जना घाइते भएका हुन्।
मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन्।
ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा भारतको सिक्किम बस्ने ४५ वर्षीय भुपाल राई लगायत ४ जना गम्भिर घाइते भएका छन्।