एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : ३०


महेन्द्रनगर । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु भएकामध्ये चालक शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक नविन सिंह धामीको सनाखत भएको छ भने अर्का एक जना मृतकको परिचय खुल्न सकेको छैन ।

हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएको थियो ।


प्रतिक्रिया दिनुहोस्