बलिउड अभिनेत्री माही गिलले आज अर्थात १९ डिसेम्बरमा आफ्नो जन्मदिन मनाउँदै छिन्। माहीले बलिउड क्षेत्रमा प्रवेश गरेको १६ वर्ष भइसकेको छ।
यस क्रममा माहीले एकपछि अर्कोे सुपरहित फिल्ममा काम गरेकी छिन्। देव डी, साहब बीवी गैंगस्टर लगायतका फिल्ममा उनले एक पछि अर्को भूमिका निर्वाह गरेकी छिन्। कमैलाई मात्र थाहा छ यी अभिनेत्रीको गोप्य कुरा :
कमै व्यक्तिलाई थाहा छ की माही गिलको वास्तविक नाम रिम्पी कौर गिल हो। माही मुख्य रुपमा चण्डिगढ निवासी हुन्। उनी बंजाबी परिवारको रहनसहनमा हुर्किएकी छिन्। हिन्दी फिल्म बाहेक माहीले पंजाबी फिल्ममा पनि काम गरेकी छिन्। उनले बलिउड फिल्ममा काम गर्नुअघि पंजाबी फिल्मका काम गरेकी थिइन्।
माहीले स्न २००३ मा फिल्म हवाएं काम गरेकी थिइन्। तर यसको प्रदर्शन सन् २००९ मा भएको थियो। अनुराग कश्यपको फिल्म देव डीबाट उनी चर्चित भइन्। उक्त फिल्मपछि उनलाई थुप्रै फिल्मको अफर आउन सुरु गरेको थियो। उनले उक्त फिल्मपछि थुप्रै अवार्ड पनि हात पारिन्। माहीलाई अनुराग कश्यपले एक पार्टीमा देखेका थिए।
एक अन्तवार्तमा माहीले भनेकी थिइन्, एक पार्टीका कारण उनलाई देव डी फिल्म मिलेको थियो। उनले उक्त बर्थडे पार्टीमा ४ घण्टासम्म डान्स परर्फम गरिरहेकी थिइन्। उक्त पार्टीमा अनुराग पनि उपस्थित थिए। उनले डान्स गरिरहेकी माहीलाई देखे । उनलाई त्यहाँ देख्ने लगत्तै अनुरागले फिल्म देव डी का लागि अफिर गरेका थिए। यस फिल्मले नै उनलाई विभिन्न अवार्ड दिलाउनुका साथै थुप्रै फिल्मको अफरको बाटो पनि खोलिदियो।