महराको निवेदनमाथि उच्च अदालतमा सुनुवाई हुँदै

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  ७ : २२


काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महराले दायर गरेको रिट निवेदनमाथि उच्च अदालत पाटनमा बहस सुरु भएको छ । 

जिल्ला अदालत काठमाडौंले महरालाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षमा लागि थुनामा राख्न आदेश थिएको छ । 

काठमाडौं जिल्ला अदालत विरुद्ध महरा उच्च अदालत पुगेका थिए । 

जिल्ला अदालत काठमाडौंको आदेश ठीक थियो कि थिएन भन्नेबारे उच्च अदालतमा बहस सुरु भएको हो । 

जिल्ला अदालत काठमाडौंले महरालाई थुनामा राख्नुको कारण पेश गरिसकेको छ । 

पाटनले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरे महरा थुनामै रहनेछन् भने आदेश उल्ट्याए महरा रिहा वा धरौटीमा छुट्नेछन् । 


प्रतिक्रिया दिनुहोस्