केपिलासगढी अध्यक्षमा कांग्रेसका समिर राई विजयी, नेकपा एसका माईतीराज राई पराजित

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : २५


खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी भएका छन्।

नेकपा एकीकृत समाजवादीका माईतीराज राईलाई पछि पार्दै समिर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।

समिरले २ हजार २४४ मत पाउँदा माइतीराजले १ हजार ८०८ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले बताए।

अध्यक्षका निकटतम प्रतिस्पर्धी माइतीराज कांग्रेस बाहेकको गठबन्धनबाट उम्मेदवार बनेका हुन्।

उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राई विजयी भएका छन्। उनले १ हजार ९८३ मत प्राप्त गरेका छन्।

उपाध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेकी मैयाँ सुनुवारले १ हजार ७६१ मत पाएका छन्। निवर्तमान गाउँपालिका अध्यक्ष एमालेका कृष्णकुमार राईले १ हजार ७४४ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्