बालेनलाई ६ हजार भन्दा बढी मत

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ०२


काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता कायमै राखेका छन् । उनले ६ हजार २०७ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार २४३ मत पाएका छन् । यस्तै कांग्रेसकी सिर्जना सिंहले २ हजार ८८५ मत पाएकी छन् ।


प्रतिक्रिया दिनुहोस्