मोदीको ‘अफर’ पाकिस्तानी हिन्दुद्वारा अस्वीकृत

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  ६ : ५६


नयाँ दिल्ली । पाकिस्तान स्थित अल्पसंख्यक हिन्दुहरुले भारतको नागरिकता संशोधन विधेयकको भत्सर्ना गरेका छन् । 

मुस्लिमहरुमाथि विभेद गर्ने कानुनको विरोध गर्दै उनीहरुले भारतीय बन्न गरेको प्रस्ताव अस्वीकार गरेको गल्फ न्युजले जनाएको छ । 

पाकिस्तानमा अहिले कुल जनसंख्याको ४ प्रतिशत अर्थात ८ लाख हिन्दु रहेको बताइन्छ ।

भारतले छिमेकी देश बंगलादेश, पाकिस्तान र अफगानिस्थानमा अल्पखंख्यक हिन्दुहरुको संख्या घट्दै गएको भन्दै नयाँ कानुन पारित गरेको दाबी गरेको छ । 

तर उक्त दाबीको खण्डन गर्दै पाकिस्तानले हिन्दुहरुको संख्या बढ्दै गएको जनाएको छ। 

भारतको नयाँ कानुनमा मुस्लिमबाहेक अन्य आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ।

संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो।

गैरकानुनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता पठाउने वा जेल हाल्न सकिने अहिलेको व्यवस्था छ।

भारतको नागरिकता लिनको लागि त्यहाँ कम्तीमा ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने व्यवस्थालाई पनि अब फेरिनेछ।

अब हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायका लागि उनीहरू पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्न सकेमा उक्त कानुनअन्तर्गत विशेष व्यवस्था हुनेछ।

छ वर्ष मात्र भारतमा बसेको वा काम गरेको भरमा उनीहरूले अङ्गीकृत नागरिकता पाउन सक्नेछन्।

प्रस्तावित कानुनले कुनै पनि वर्तमान भारतीय नागरिकलाई भने असर गर्दैन तर त्यसले बङ्लादेशबाट भारत आएका तर नागरिकता नपाएका हजारौँ हिन्दू आप्रवासीलाई सघाउ पुग्नेछ।

त्यसैकारण यसको विरोधमा भारतका उत्तर(पूर्वी राज्यहरूमा व्यापक प्रदर्शन भएका छन् । बङ्लादेशबाट आएका गैरमुस्लिम अवैध आप्रवासीले आफूहरूलाई छायाँमा पार्ने डर त्यहाँ उब्जिएको छ।

 


प्रतिक्रिया दिनुहोस्