सिटी वेस्ट ह्यामसँग रोकियो, उपाधि जित्न अन्तिम खेल कुर्नुपर्ने

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : ५२


खेल सकिन चार मिनेट अघि पाएको पेनाल्टीलाई रियाद महारेजले सदुपयोग गर्न नसक्दा आइतबार राति इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्ट ह्याम युनाइटेडसंग शीर्ष स्थानको म्यानचेस्टर सिटी २-२ गोलको बराबरीमा रोकिएको छ।

यद्यपि वेस्ट ह्यामको घरेलु मैदानमा सिटीले २-० ले पछि परेको स्थितिमा पुनरागमन गरेको थियो। वेस्ट ह्यामका लागि दुवै गोल जारोड बोवेनले गरे।

सिटीका लागि ज्याक ग्रेलिसले एक गोल गरे। वेस्ट ह्यामका भ्लादिमिर कोउफलले एक आत्मघाती गोल गरे।

बराबरीसँगै अंक दूरी बढाउन असफल भएको सिटीले उपाधि जित्न अन्तिम खेल कुर्नु पर्ने भएको छ। अन्तिम खेलमा सिटीले एस्टम भिल्लाको चुनौती सामना गर्नेछ।

यता दोस्रो स्थानमा रहेको लिभरपुलको दुई खेल बाकी छ । उसले यसै हप्ता साउथह्याम्पटन र उल्भ्ससँग खेल्नेछ।

यदि साउथह्याम्पटनविरुद्ध लिभरपुल पराजित भए सिटीले उपाधि रक्षा गर्नेछ।

जारी लिगमा

सिटी ३७ खेलबाट ९० अंक जोडेर शीर्ष स्थानमा छ। लिभरपुल ८६ अंक साथ दोस्रो स्थानमा छ। वेस्ट ह्याम ५६ अंक जोडेर सातौँ स्थानमा छ।

आज नै भएको खेलमा टोटनहमले वर्नलीलाई १-० अन्तरले पराजित गर्‍यो। यस्तै लेस्टर सिटीले वाटफोर्डबिरुद्द ५-१ को सहज जित पायो। यस्तै उल्भ्स र नर्वीच, लिड्स र ब्राइटन तथा एस्टन भिल्ला र क्रिष्टल प्यालेसले समान १-१ गोल अन्तरको बराबरी खेले।

 


प्रतिक्रिया दिनुहोस्