काठमाण्डौं । विद्युतीय मोटरसाइकल नेपाली कम्पनीले नै उत्पादन गर्ने भएको छ । ‘यात्री मोटरसाइकल्स’ले पहिलो विद्युतीय मोटरसाइकल तयार भएको कम्पनीका प्रमुख अशिम पाण्डेले जानकारी दिनुभयो । ‘प्रोजेक्ट जीरो’ नाम दिइएको उक्त मोटरसाइकलको लगभग सबै काम सकिएको र आज यसको औपचारिक घोषणा भएको छ ।
विद्युतीय मोटरसाइकलमा अशिम पाण्डेले चेसिस र कनिष्क सुवालले इन्डस्ट्रियल डिजाइन गर्नुभएको छ । त्यस्तै मेकानिकल इञ्जिनियर अशेष श्रेष्ठले टेस्टिङ, एम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयर डिजाइन गर्नुभएको छ । सार्थक शर्माले एप्लिकेसन डेभलपर इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक, इञ्जिनियर कृष्ण श्रेष्ठले आर्किटेक्चर र बत्सल पाण्डेले बिजनेस डेभलपमेन्टको काम गरिरहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
सरकारले विदेशमा उत्पादन गरिएका विद्युतीय गाडी र मोटरसाइकललाई थोरै मात्र कर लिने भए पनि आफूहरुले विद्युतीय मोटरसाइकलका लागि आवश्यक पर्ने पाट्रस ल्याउँदा भने ३० देखि ३५ प्रतिशतसम्म कर तिर्नुपरेको पाण्डेले बताउनुभएको छ । विद्युतीय मोटरसाइकलको आयु सरदर १० वर्षको हुने कम्पनीले जनाएको छ ।