विवाह आँटेको २ महिनापछि बेहुलीका हातखुट्टा काटिए, तर प्रेमीले…

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  ६ : २०


विवाह आँटेको दुई महिनापछि एक युवती करेन्ट लागेर घाइते भइन्। यतिमात्र हैन् उनका दुबै खुट्टा र एक हात समेत काट्नु पर्यो। तर पनि उनका हुने वाला बेहुलाले उनीसँग जीवन विताउने फैसला गरेका थिए।उनी ६ महिनासम्म अस्पतालमा रहेर हुने वाला बेहुलीको उपचारमा खटिए। तर उनलाई बचाउन भने सकेनन्। 

यो घटना भारतको गुजरातस्थित जामनगर भन्ने स्थानको हो। हिरल र चिरागको प्रेमको अहिले निकै चर्चा भएको छ। विवाह टुंगो लागेको २ महिनापछि हिरललाई करेन्ट लाग्यो । त्यसपछि उनका दुबै खुट्टा र एक हात काट्नु पर्यो। त्यस्तो दुखद अवस्थामा पनि चिरागले हिरलको साथ छोडेनन्। उनी ६ महिनासम्म अहमदाबादको सिभिल अस्पतालमा उपचार गराएर बसे। हिरलको ५ वटा शल्यक्रिया गरिएको थियो। 

चिरागको उक्त प्रेम र रेखदेखका कारण हिरलले आफ्ना सबै दुख भुलेकी थिइन्। सिभिल अस्पतालमा हिरलको ६ महिनासम्म उपचार जारी रहेको थियो। उनको खुट्टाको शल्यक्रिया गर्नुपर्ने थियो। तर शल्यक्रिया नहुँदै मंगलबार १९ वर्षीया हिरलको निधन भयो। 

जब हिरलको मृत्युको खबर चिरागले पाए। तब उनी दुखी भएको देखेर जो कोहीको पनि आँखा रसाउँछ। अन्तिममा हिरलको अन्तिम विदाइ उनलाई बेहुली जसरी सजाएरै गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस्