मोबाइलबाटै अफिसको सबै हाजिरी र निगरानी, नेपालमा ‘स्मार्ट हाजिर’ले फड्को मार्दै

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : ४२


प्रविधि आधुनिक समााजको अभिन्न अगं बन्दै गइरहेको छ। आजको विश्वमा नयाँ प्रविधि अर्थात टेक्नोलोजीले हरेक समाज तथा देशको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।

प्रविधिले मानिसका हरेक कामकाजलाई निकै सहज र सरल बनाइदिनाले आजको विश्वमा हरेक देशहरु एकपछि अर्को नयाँ प्रविधिमा अघि बढ्ने होडबाजीमा छन्। प्रविधिको यो दौडमा नेपाल पनि धेरै पछिाडि भने छैन। नेपालले पनि विश्वबजारलाई पछ्याइरहको छ। नेपालका विभिन्न सफ्टवेयर तथा आइटी कम्पनीहरुले विभिन्न क्षेत्रमा अनुसन्धान तथा प्रयोग गर्दै आएका छन् जसमध्ये थुप्रैले राम्रो स्थान बनाउन सफल पनि भइसकेका छन्।

यसैबीच, नेपालमा पछिल्लो समय ‘स्मार्ट हाजिर‘ नामक सफ्टवयर लोकप्रीय बन्दै गइरहेको छ। यो सफ्टवयरको प्रयोगले कार्यालयको काममा निकै सघाएको प्रयोगकर्ताहरु बताउँछन्। लेखेर गर्नुपर्ने हाजिरी होस् या अफिसको ढोकामा बायोमेट्रिक्समा थम्ब दबाएर गरिने हाजिरी, ‘स्मार्ट हाजिर’ले यी सबै झन्झटलाई हटाएर हात-हातमा बायोमेट्रिक्सको व्यवस्था गरिदिएको छ।

स्मार्ट हाजिर सन् २०१९ मा विकास गरिएको सफ्टवयर हो। नेपालमा नै पहिलो पटक सबैभन्दा सस्तो र भरपर्दो हाजिरी सिस्टम स्मार्ट हाजिरमा विभिन्न फिचरहरु छन्। स्मार्ट हाजिरको प्रयोग गर्न न कुनै अन्य डिभाइस चाहिन्छ न कुनै हार्डवेयर। यसको प्रयोगको लागि मात्र हातमा भएको मोबाइलको माध्यमबाट हाजिरी गर्न, स्टाफ ट्रयाकिङ गर्न, इभेन्ट्स तथा मिटिङ आयोजना गर्न, छुट्टीका लागि निवेदन दिन जस्ता थुप्रै कार्यालयका कामहरु सजिलै र प्रभावकारी ढंगबाट गर्न सकिन्छ।

नेपालको सन्दर्भमा, सरकारी कार्यालय होस् या प्राइभेट कम्पनी, हरेक कार्यालयमा कुनै कुनै कर्मचारीहरु यस्ता पनि हुन्छन् जसमा काम ठग्ने, ढिलोे आएर छिट्टै निस्कने, बहाना बना्एर दिएको काम पुरा नगर्ने जस्ता कु–प्रवृत्ति पाइन्छन्। यस्तै प्रवृत्ति भएकाहरुको कारण सरकारी तथा प्राइभेट कम्पनीहरुले निकै क्षति तथा नोक्सान पनि व्यहोर्न परेको हुन्छ। काम ढिलो हुनु, सेवाग्राहिले समयमा सेवा नपाउनु, मालिक तथा हाकिमले सोचे अनुरुपको उपलब्धी नहुनुको मुख्य कारण नै कर्मचारीहरु उत्तरदायी नभइ आफ्नो मनमर्जी गर्ने प्रवृत्ति पनि हो। कर्मचारीको यस्तो व्यवहारलाइ सुधार्न कयौं पटकको प्रयास गर्दा पनि असफल भएकाहरुको लागि स्मार्ट हाजिरले निकै मद्दत पुर्याएको छ।

स्मार्ट हाजिरले हरेक कार्यालयको हाजिरी सिस्टमलाई व्यवस्थित र पारदर्शी बनाउने गरेको छ। कर्मचारीको संख्या धेरै भएका कार्यलयमा पनि हाजिरकै लागि भनेर छुट्टाउनुपर्ने समयलाई पनि बचाउने काम गरेको छ। सयौँको संख्यामा भएका कर्मचारीहरुले एक सेकेन्डमा नै एकै पटक आफ्नै मोबाइल एप स्मार्ट हाजिरबाट हाजिरी गर्न सक्दछन्। साथसाथै बिदा बस्न परेमा वा हप्ता भरीको मिटिङहरुको जानकारी सबै कर्मचारीहरुमा दिन लिन परेमा पनि स्मार्ट हाजिरको प्रयोग गर्न सकिन्छ। तलब दिने समयमा आउने समस्या समेत स्मार्ट हाजिरले व्यवस्थित गर्ने काम गर्छ। स्टाफ ट्रयाकिङ फिचर हाल सबैभन्दा रुचाइएको फिचरभित्र र्पछ।

स्मार्ट हाजिर प्रयोग गर्दा कार्यालयमै मा हाजिर गर्दा सर्न सक्ने कोरोना लगायत विभिन्न सरुवा रोगबाट समेत सबैलाई बचाउने काम गर्छ। सस्तो भएकै कारण सबै कम्पनी तथा कार्यलयहरुले यस स्मार्ट हाजिरलाई इन्स्टल गरी प्रयोग गर्न सक्छन्। प्रयोग गर्नको लागि पनि निकै सजिलो हुने स्मार्ट हाजिरलाई प्ले स्टोर वा एप स्टोरमा गएर डाउनलोड गरी इन्स्टल गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्