सुर्खेतको वीरेन्द्रनगर १ मा पुनः कांग्रेसका खत्री दोहोरिए

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ५०


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनेश खत्री निर्वाचित भएका छन् । उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४० मत बढी ल्याएर निर्वाचित भएका हुन् ।

आइतबार सकिएको वडा नम्बर १ को मतगणनाअनुसार काँग्रेसका खत्रीले १ हजार ४८४ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गंगाराम सुनारले १ हजार ४४४ मत ल्याएका छन् । उनी २०७४ सालको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्