जन्तेढुंगा गाउँपालिकामा गठबन्धनको उम्मेदवार विजयी

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : १५


खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन्।

अरुणादेबीले २८ सय ८१ मत र खड्काले २८ सय पाँच मत पाएर विजयी भएका हुन्।

निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५ सय ७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले २४ सय ९५ मत पाएका छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका शंखबहादुर र विमलालाई एमालेले पुःन दोस्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो। जन्तेढुंगा गाउँपालिकाका–६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार वडाध्यक्षमा विजयी भएको छ।


प्रतिक्रिया दिनुहोस्