जुम्लाको कनकासुन्दरी–८ मा स्वतन्त्र उम्मेदवार विजयी

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : १५


जुम्ला । कासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ। स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यान लै विजयी भएको हो।

उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका थिए।

धनबहादुरले दुई सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाही दुई सय २० मत ल्याएर पराजित भएका छन्। वडा सदस्यमा गोल दमाई र कर्ण जीत सार्कीले जितेका हुन्। महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्ले विजयी भएकी छिन्।

दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भएकी छन्। कनकासुन्दरी ८ मा वडाध्यक्षसहित चार जना स्वतन्त्र उम्मेदवार जितेका छन्।

एक जना महिला सदस्य मात्र कांग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्