रोल्पा । रोल्पाको थबाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन्।
विप्लव नेतृत्वको नेकपा, नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धनलाई पराजित गर्दै थबाङ गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढा र उपाध्यक्षमा शर्मिला बुढा बिजय भएका छन्।
निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०५मत आएको छ ।