काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर छ।
आज छापावाल प्रतितोता ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।