काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्।
पछिल्लो मतगणना अनुसार शाहले २२३८ मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले १२१९ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १०८२ मत पाएकी छन्।