बाराको निजगढ–१३ मा गठबन्धनका सूर्य घलान विजयी

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : १७


इन्दिप कोइराला

बारा । बाराको निजगढ नगरपालिका–१३ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार सूर्य घलान विजयी भएका छन् ।

उनी ७ सय ७९ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमानसिंह थिङ्गले ५ सय ८६ मत प्राप्त गरेका छन् । थिङ्गलाई १ सय ९३ मतले पराजित गर्दै घलान दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

निजगढ मेयरमा कांग्रेसको अग्रता कायम छ । मेयरका उम्मेदवार सुरेश खनालले ७ सय ५१ मत प्राप्त गरेका छन् भने, एमालेका सुरथ पुरीले ५ सय ८३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट रविराज दंगालले ५ सय ८९ मत पाउँदा एमालेका सोममाया थिङ्गले ५ सय ९९ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्