रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–२ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका ङाफु याल्बो थोक्राले ४ सय ६५ मतसहित वडाध्यक्षमा विजयी भए ।
निकटम प्रतिस्पर्धी कांग्रेसका लालसिङ नेकोरले ३ सय ३४ मत ल्याए । २०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले जित हासिल गरेको थियो ।