सिड्नी । अस्ट्रेलियाका अलराउन्डर एन्ड्रयु साइमन्ड्सको आइतबार कार दुर्घटनामा निधन भएको छ ।
४६ वर्षीय साइमन्ड्स क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक कार दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार कार उनले नै हाँकेका थिए र एक्लै थिए ।
सेन वार्न र रड मार्सको हालैको निधनयता अस्ट्रेलियन क्रिकेटले एक अर्को स्टार पूर्व खेलाडीलाई गुमाएको हो ।