धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता, पछ्याउँदै गठबन्धन

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ०९


धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।

आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस नेता नृपबहादुर वडले ६ सय ९३ मत पाएका छन्

एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय १७ मत मात्र पाएका छन् । अहिले धनगढी-१ को मतगणना भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्