काठमाडौं मेयरको पछिल्लो नतिजाः बालेन नै अगाडि, अन्य पछ्याउँदै

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : ०८


काठमाडौं। काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो मत परिणाम ‘साँझ १० बजे’ अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार शाहले ७३६ मत प्राप्त गरेका छन्। सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन्।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६२० मत प्राप्त गरेका छन्

यस्तै गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले ४२६ मत ल्याएकी छिन्।

काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस्