पेट्रोलियम पदार्थको मूल्य बढ्यो, लिटरको १७० रुपैयाँ

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ४५


काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले डिजेल र पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर मूल्य भएको छ।

शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्