भक्तपुरमा कांग्रेसले खोल्यो खाता

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ३५


भक्तपुर। भक्तपुर जिल्लामा पहिलो पटक नेपाली कांग्रेसले खाता खोलेको छ।

जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष पदमा उम्मेदवार बनेका बाबुकाजी डंगोल विजयी भएसँंगै कांग्रेसले खाता खोलेको हो।

उनले एक हजार सात सय १० मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले एक हजार दुई सय ९० मत पाएका छन्।

जिल्लामा चार वटै नगरपालिकामा मतगणणा चालू छ। चार वटै नगरपालिकामा मतगणणा भइरहँंदा पूर्ण मत परिणाम आएको यो जिल्लाको पहिलो हो।


प्रतिक्रिया दिनुहोस्