काठमाडौँको ताजा मतपरिणामः मेयर प्रत्यासी बालेनको अग्रता कायमै, उपमेयरमा डंगोल अगाडि

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : १६


काठमाडौं। काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम ‘साँझ ७ बजेको’ अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा शाहले ४०२ मत प्राप्त गरेका छन्। सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन्।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गर्नुभएको छ।

उनी साहभन्दा ८३ मतले पछि छन्। गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याएकी छिन्। उनी साहभन्दा २०० मतले पछाडि छिन्।

राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गरेका छन्।

अहिले काठमाडौँ महानगर–१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौँका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए।

काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो।

उपप्रमुखमा डङ्गोलको अग्रता

यस्तै महानगरको उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिएका छन्।

सार्वजनिक मत परिणाम अनुसार उनले ५३० मत प्राप्त गरेकी छिन्।

यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन्।


प्रतिक्रिया दिनुहोस्