बैतडीको दशरथचन्द नगरपालिका १ मा एमाले उम्मेदवार विजयी

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ३९


बैतडी। बैतडीको दशरथचन्द नगरपालिका १ मा नेकपा एमालेका विष्णुदत्त भट्ट विजयी भएका छन्।

भट्टले निवर्तमान वडाध्यक्षसमेत रहेका भुवनराज भट्टलाई २४ मतले पराजित गरेका छन्।

विष्णुले ८१४ मत प्राप्त गर्दा भुवनले ७९० मत ल्याएका छन्। वडा नम्बर १ मा दुवै जनाको तीव्र प्रतिस्पर्धा भएको थियो।

पराजित भएका भुवन नेपाली कांग्रेसका नगर सभापतिसमेत हुन्। दशरथचन्दको नगर प्रमुखमा भने एमालेका पुष्करराज जोशी लख्खाभाइले आफ्नो अग्रता कायमै राखेका छन्।

यसअघि दशरथचन्द नगरपालिका ११ मासमेत एमालेकै जयदत्त पन्त विजयी भएका थिए। अन्य वडाको मतगणना बाँकी छ।


प्रतिक्रिया दिनुहोस्