गुलरिया नगरपालिका–१ मा कांग्रेसकाे प्यानलनै विजयी

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : ४७


बर्दियाl बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ।

गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो।

यस्तै गुलरिया नगरपालिका-१ का अध्यक्ष थारूले एक हजार तीन सय ३९ मत प्राप्त गरी विजयी भएका छन्।

महिला सदस्यले एक हजार तीन सय ७३, दलित महिला सदस्यले तीन हजार एक सय २६, खुल्ला सदस्य(१)ले एक हजार दुई सय ८६ र खुल्ला सदस्य(२)ले एक हजार दुई सय ६४ मत प्राप्त गरी पुरै प्यानल आएको छ।


प्रतिक्रिया दिनुहोस्