स्वतन्त्र उम्मेदवार बालेन बलिया पार्टीका उम्मेदवारभन्दा झन्डै दोब्बरले अगाडि…

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : २८


काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई कायमै राख्न सफल भएका छन्।

महानगरको ३२, २ र १ नम्बर वडाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार साहले ४८० मत ल्याएका छन्। जुन अन्य उम्मेदवारकोभन्दा झन्डैले दोब्बर मत हो।

दिउँसो ४ बजेर ५० मिनेटसम्मको मतगणनाअनुसार हालसम्म बालेन अगाडि रहेका हुन्।

यस्तै एमालेका केशव स्थापितले २०० मत ल्याउँदा उनी भन्दा अगाडि कांग्रेसकी सिर्जना सिंह छन्।

उनले २८० मत ल्याएकी छन्। अन्य उम्मेदवारले सय मत कटाउन सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस्