काठमाडौंमा स्वतन्त्र बालेनको अग्रता कायमै, स्थापित र सिंह पछ्याउँदै, हेरौं पछिल्लो नतिजा…

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ४५


काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई कायमै राख्न सफल भएका छन्।

महानगरको ३२, २ र १ नम्बर वडाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार साहले २१६ मत ल्याएका छन्।

दिउँसो ४ बजेर १५ मिनेटसम्मको मतगणनाअनुसार हालसम्म ६८० मत गनिएको छ।

जसमा बोलेन अगाडि रहेका हुन्। यस्तै केशव स्थापितले १७९ मतसहित बालेनलाई पछ्याइरहेका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १४१ मत ल्याएकी छन्।


प्रतिक्रिया दिनुहोस्