इलाम नगरपालिका १ को अध्यक्षमा कांग्रेसका बस्नेत निर्वाचित

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : २७


इलाम। इलाम नगरपालिका १ को अध्यक्षमा नेपाली कांग्रेसका गायत्रीराम बस्नेत निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेका उम्मेदवार अम्बिका गौतमलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्।

बस्नेतले ११ सय ८१ मत पाएका छन्। गौतमले एक हजार २२ मत प्राप्त गरेका छन्। गौतम यसअघि नेकपा एमालेबाट सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए।

सदस्यमा नेपाली कांग्रसका मनकुमार गुरुङ, महिला सदस्यमा डायना राई, दलित महिला सदस्य मुनादेवी रसाइली विजयी भएका छन्।

यस्तै, एक सदस्यमा भने नेकपा एमाले खड्गबहादुर गुरुङ विजयी भएका छन्। गठबन्धनका नेकपा एकिकृत समाजवादीका इन्द्रबहादुर कटुवाल भने सदस्यमा पराजित भएका छन्।


प्रतिक्रिया दिनुहोस्