मतदान अधिकृतबाटै धाँधली भएपछि उदयपुरको त्रियुगा नगरपालिका–१२ मा पुनः मतदान हुने

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : २३


गाईघाट। उदयपुरको त्रियुगा नगरपालिका–१२ जनप्रेमी माध्यमिक विद्यालयमा शुक्रवार गरिएको मतदान रद्ध गरिएको छ।

शुक्रबार केही समय मतदान भएपछि त्यहाँ धाँधली भएको भन्दै विरोध भएको थियो। स्थानीका अनुसार मतदानस्थलमा मतदानमा खटेका अधिकारीहरुबाटै धाँधली भएको छ।

सो केन्द्रमा मतदानलाई सहजीकरण गर्न खटिएका मतदान अधिकृत लगायत अन्य अधिकारीहरुले धाँधलीको प्रयास गरेको बताइएको छ।

सो मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले मतदातालाई औलामा रङ लगाइदिने तर मतपत्र नदिइ तपाइँको काम सकियो भन्दै पठाउने गरेको स्थानीयको भनाइ छ।

मतदान गर्न पाउने आफ्नो अधिकार खोसिएको भन्दै मतदाताले बिरोध गरेपछी कर्मचारी र मतदाता बिच बिबाद भएको थियो।

बिबाद बढ्दै जाँदा मत हाल्न नपाएका मतदाताले मतदानस्थलमा हिजो तोडफोड गरेका थिए। मतदानस्थल तोडफोड भएपनि मटपेतिका भने प्रहरीले सुरक्षित रुपमा राखेको थियो।

मतदान अधिकृतले आफैंले मत हालिदिएको मतदाताहरु बताउँछन्। प्रदेश सांसद रहेकी सुनिता कुमारी चौधरीलाईसमेत नचिनेर त्यहाँका अधिकारीहरुले मतपत्र नदिर्इ काम सकियो भनेर पठाएपछि भने त्यहाँको विवाद उत्कर्षमा पुगेको थियो।


प्रतिक्रिया दिनुहोस्