कास्कीको रुपा र माछापुच्छ्रेमा गणना सुरु, तीन पालिकाको तयारी हुँदै

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : १६


पोखरा । कास्कीका २ पालिकामा गणना सुरु भएको छ । रुपा र माछापुच्छ्रेमा मत गणना सुरु भइसक्दा बाँकी तीन पालिकाको भने बल्ल तयारी भइरहेको छ ।

पोखराको गणनाका लागि सर्वदलीय बैठक बस्न लागेको छ । केहीबेरमा बैठक सकेर गणना सुरु गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्