केपिलासगढी गाउँपालिकामा एमालेको अग्रता

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : १४


खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा मत गणना जारी छ । केपिलासगढी गाउँपालिका-१ फेदीबाट गणना सुरु भएको हो ।

हालसम्म एमालेका अध्यक्षका उम्मेदवार कृष्णकुमार राईले १३१, कांग्रेसका अध्यक्षका उम्मेदवारले समिर राईले १०० र नेकपा एकीकृत समाजवादीका माइतीरात राईले ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्