मनाङबाट सुरु भयो मतगणना, एमालेको अग्रता

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : ४७


काठमाडौं । मनाङ जिल्लाको चामे र नेस्याङ गाउँपालिकामा मतगणना शुरु भएको छ। चामे गाउँपालिकामा मतगणना सुरु भएको हो।

कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन्।

पछिल्लो गणना अनुसार एमालेका अध्यक्ष उम्मेदवार लोेकेन्द्रवहादुर घले १५२ मत सहित अग्रस्थानमा छन्।

उपाध्यक्षमा पनि एमालेकै आशाकुमारी गुरुङ १५४ मतसहित अग्रस्थानमा छिन्।

कांग्रेसका अध्यक्ष उम्मेद वार छिरिङ लामा १३० मतसहित दोस्रो स्थानमा रहदा उपाध्यक्ष उम्मेदवार ढोमा लामा १२९ मतसहित दोस्रो स्थानमा छिन्।


प्रतिक्रिया दिनुहोस्