म्यानचेस्टर सिटीले गर्यो पूर्व खेलाडी अग्विरोको सालिक स्थापना

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ५५


काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदान इत्तिहाद रंगशालामा पूर्व खेलाडी सर्जियो अग्विरोको सालिक स्थापना गरेको छ।

शुक्रबार अर्जेन्टिनी स्टार अग्विरोले सन् २०१२ मा प्रिमियर लिगको उपाधि जिताउने क्रममा सिटीबाट इन्जुरी समयमा विजयी गोल गरेको १० वर्ष पुगेको उपलक्ष्यमा सिटीले सालिक अनावरण गरेको हो।

सन् २०१२ मा प्रिमियर लिगको अन्तिम खेलमा सिटीले क्विन पार्क रेन्जर्सलाई ३–२ ले हराउँदा अग्विरोले तेस्रो तथा निर्णायक गोल गरेका थिए।

अग्विरोले सिटीबाट प्रिमियर लिगमा २२७ खेल खेल्दा १८४ गोल र ४७ असिस्ट गरेका थिए।

अग्विरो यसै सिजनको सुरुआतमा स्पेनिस क्लब बार्सिलोना अनुबन्धित भए पनि मुटुको समस्याका कारण उनले फुटबलबाटै सन्यास लिएका थिए।


प्रतिक्रिया दिनुहोस्