उदयपुरमा बुथ कब्जा गर्न खोज्दा गोली चल्यो, एकको मृत्यु

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ०३


उदयपुरको कटारी नगरपालिका-१० स्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा एकजनाको मृत्यु भएको छ।

झडप नियन्त्रणका क्रममा प्रहरीले ८ राउण्ड गोली चलाएको छ।

कटारी १० मतदान स्थल कालिका माध्यमिक विद्यालय सोरूङ छबीसेमा मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि गोली चलेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्