पौडेल समुह उपस्थित नभएपछि कांग्रेस बैठक स्थगित

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १ : ११


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार पनि स्थगित भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समुह बुधबारको बैठकमा पनि उपस्थित नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अर्को बैठक पौष ४ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको बताउनुभयो ।

उहाँले विवादहरुका विषयमा निरन्तर छलफल भइराखेको र सम्भवतः ३ गते साँझसम्ममा सबै विवादहरु टुंगोमा पुग्ने वातावरण बन्दै गएको समेत बताउनुभयो ।

कांग्रेस भित्र रहेका विभागहरुको संख्या बढाई २८ बाट ४१ पु¥याउने र १४ औं महाधिवेशन पछाडि धकेल्ने गरी प्रस्तावहरु आएको भन्दै पौडेल समुहले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै आएको छ ।

दुई पक्षबीचको विवादका कारण एकसाता देखि कांग्रेस कार्यसमिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । 


प्रतिक्रिया दिनुहोस्