बैतडीमा भोट गराउन स्टेचरमा लगिएका ७० वर्षीय वृद्धको मृत्यु

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : २१


बैतडी । बैतडीका ७० वर्षीय एक वृद्धको भोट हाल्ने सपना अधुरै रहेको छ। पाटन नगरपालिका ६ टुडेगैरका कमलसिंह विष्टलाई स्टेचरमा राखेर मतदान स्थलसम्म लगिएको थियो। मतदान स्थल पुग्ने बितिक्कै उनलाई भोट हाल्न चाँजोपाँजो मिलाइएको भए पनि उनको भोट नहाल्दै मृत्यु भएको छ।

उनका आफन्त वसन्त बिष्टले भने,‘उहाँ बिरामी हुनुहुन्थ्यो। आफैँले भोट हाल्छु भनेपछी मतदानस्थल पुर्‍याएका हौँ। तर, पुग्ने बितिक्कै बेहोस हुनुभयो। अस्पताल लैजाने तयारी गर्‍यौँ। तर, उहाँको मृत्यु भइसकेको थियो।’

कांग्रेसका कृयाशील सदस्य समेत रहेका मृतक विष्ट विकास निर्माणका कामहरूमा सरिक हुने गरेका थिए। उनी स्थानीय सिँचाइ उपभोक्ता समितिका अध्यक्ष समेत थिए। दीर्घरोगी विष्ट लामो समयदेखी नियमित औषधि सेवन गर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस्