चालक शौचालय जाँदा जिप दुर्घटना, प्रहरी जवान श्रेष्ठको मृत्यु

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १२ : ११


गोठालापानी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान सुदिप श्रेष्ठ रहेका छन्।

धनगढी घरभई हाल बैतडीको पुरचौडी स्थित पुरघाट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान श्रेष्ठ बुधबार बिदा सकेर श्रीमती र छोरीसहित प्रहरी चौकी जाँदै थिए ।

श्रेष्ठ सवार म १ ज ३२९ नम्बरको जिप बुधबार ९ बजे पुरचौडी नगरपालिका–६, साउन गाउँमा दुर्घटनामा परेको हो। 

चल्दै गरेको जिप सडकमा छोडेर चालक शौचालय जाँदा जिप दुर्घटना भएको बताइएको छ।

जिपका चालक पिसाब फेर्न जाँदा दुर्घटना गाडी १० मिटर अघि गुडेर पल्टिएको हो। जीपमा १० जना सवार रहेका थिए। अन्य यात्रुको अवस्था समान्य रहको छ ।

गाडी पल्टीदा हामफाल्न खोज्दा  प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएका थिए। 

बेहोस अवस्थामा श्रेष्ठलाई एम्बुलेन्समा डडेल्धुरा अस्पताल पठाईएकोमा चिकित्सकले मृत घोाषणा गरेका हुन्। 

जिप चालक पूर्णान्द बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  


प्रतिक्रिया दिनुहोस्