यूएईका राष्ट्रपतिको निधन, ४० दिन शोक बिदा

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ४ : ४०


दुबई–संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ। उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ।

‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ। संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ’, वामले ट्वीट गरेको छ। नाह्यान लामो समयदेखि बिरामी रहेको जनाइएको छ।

सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए।


प्रतिक्रिया दिनुहोस्