माधव नेपाललाई रौतहटमा दुर्व्यबहार

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ३ : २०


काठमाडौं । नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपाल लाई रौतहटमा दुर्व्यबहार भएको छ।

मतदान केन्द्र घुम्ने क्रममा वडा नंम्बर ५ स्थित गौरी शंकर यादव क्याम्पस मतदान केन्द्र भित्र छिर्न खोज्दा स्थानीयहरुले अबरोध गरी नाराबाजी गरेका हुन्। अबरोध पछि अध्यध्य नेपाल मतदान केन्द्रमा प्रबेशनै नगरी फर्केका छन्।

गौर-२ मा रहेको रामजानकी कन्या प्राविमा मत खसालेर गौरीशकर क्याम्पसको बुथमा छिर्न खोजेका नेपाललाई त्यहाँबाट नाराबाजी गर्दै स्थानीयले लखेटेका हुन्।


प्रतिक्रिया दिनुहोस्