नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेकी ९० वर्षीया पार्वती गरिन् मतदान

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ४८


मुगु । मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् ।

छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् ।

उनलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल लगेका थिए ।


प्रतिक्रिया दिनुहोस्