आमाको किरियामा बसेका तीन दाजुभाइले गरे मतदान

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : ५२


खड्क सुनार

मुगु । मुगुको खत्याड गाउपालिका–८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छ्न्। आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गरेका हुन ।

उनीहरूले खत्याड गाउपालिका–८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न् । किरिया बस्ने दाजुभाइमा खत्याड गाउपालिका–८ सुकाढीक गाउँका ५६ वर्षीया कविराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतिर मतदान गरेका हुन् ।

जेठा दाइ कविराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुन् । पाँच वर्षमा एकपटक आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले आफ्नो अमूल्य मतदान गर्न आएको कविराजले बताए ।


प्रतिक्रिया दिनुहोस्